२०७८ सालको पर्व, सार्वजनिक बिदा तथा दिवसहरु
विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित देशको सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्नेछन् ।
अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर ब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदि जस्ता निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरुले सार्वजनिक बिदाका दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्थस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरे वापत प्रचलित कानूनको रीत पु¥याइ सट्टा बिदा बस्न सक्नेछन् ।
वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत्र मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तथा शुक्रवार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन् ।