२०७६ सालको पर्वसार्वजनिक बिदा तथा दिवसहरु

वैशाख १ (नव वर्षपर्व बिदा)
वैशाख १८ (विश्व मजदुर दिवस)
मछिन्द्रनाथको भोटो देखाउने जात्रा (जात्रा देखाउने दिनकाठमाडौं उपत्यकाको लागि मात्र)
जेठ ४ (किराँतराई याख्थासुनुवारलिम्बू जातिका उभौली पर्व), (बुद्ध जयन्ती)
जेठ १५ (गणतन्त्र दिवसकार्यालय खुल्ने)
जेठ २१ (जातिय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसकार्यालय खुल्ने)
साउन ३१ गाईजात्रा (काठमाडौं उपत्यकाको लागि मात्र)
भदौ ६ (कृष्ण अष्टमी, ईद पर्व)
भदौ १६ गते (हरितालिका तीजमहिला धर्मवलम्वीका लागि)
भदौ २२ निजामती दिवसकार्यालय खुल्ने)
भदौ २७ इन्द्रजात्रा (काठमाडौं उपत्यकाका लागि मात्र)
असोज ३ (संविधान दिवस)
असोज ५ गते (जितिया पर्व मनाउने जिल्लामा)
असोज १८ – २२ (फूलपातीदेखि एकादशीसम्म दशैं बिदा)
काग तिहार (कात्तिक ८ गतकार्यालय खुल्ने)
कुकुर तिहार (कात्तिक ९ गतेकार्यालय खुल्ने)
लक्ष्मी पूजा (कात्तिक १० गतेबिदा)
गोवर्धन पूजा (कात्तिक ११ गतेबिदा)
भाईटीका (कात्तिक १२ गतेबिदा)
कात्तिक २५ फाल्गुनन्द जयन्ती
कात्तिक २६ (सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती)
मंसिर १७ गते (अन्तर्राष्ट्रिय अपांगता दिवसअपांगता भएका सम्पूर्ण कर्मचारीलाई)
मंसिर २६ (छठ पर्वइस्लाम धर्मावलम्वीको पर्व बकर इद (इदुल जोहा)किरात जातिको उधौली पर्वयमरी पुन्हीज्यापू दिवस)
पुस ९ (इसाई धर्मावलम्बीहरुको क्रिसमस डे)
पुस १५ गते तमु ल्होसार
पुस २७ गते एकता दिवसकार्यालय खुल्ने
माघ १ गते माघे सक्राङ्न्ति
माघ ११ (सोनाम ल्होसार)
माघ १६ गते (वसन्त पञ्चमीशिक्षण संस्थाको लागि)राष्ट्रिय शहीद दिवसकार्यालय खुल्ने)
फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसकार्यालय खुल्ने
फागुन ९ गते शिवरात्रिपर्व बिदा
फागुन १२ गते ग्याल्पो ल्होसार
फागुन २५ गते अन्तराष्ट्रिय महिला दिवस
फागुन २६ गते फागु पूर्णिमा (पहाडी जिल्लामा पर्व बिदा)
फागुन २७ गते फागु पूर्णिमा (भित्री मदेशका ५८ जिल्लामापर्व बिदा)
चैत्र ११ गते घोडे जात्रा (काठमाडौं उपत्यकाको लागि मात्र)

सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक विदा दिइने छ ।

विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित देशको सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिकबिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्नेछन् ।

अस्पतालरोपवेटेलिफोनप्रहरीअध्यागमनथानाचौकीफायर बिग्रेडटक्साररेडियो नेपालनेपाल टेलिभिजनमुद्रण विभागहुलाक आदिजस्ता निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय विभाग तथा कार्यलयहरुले सार्वजनिक बिदाका दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रित पुर्‍याइ सट्टा बिदा बस्न सक्नेछन् ।

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तथा शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन् ।