२०७६ सालको पर्व, सार्वजनिक बिदा तथा दिवसहरु
वैशाख १ (नव वर्ष, पर्व बिदा)
वैशाख १८ (विश्व मजदुर दिवस)
मछिन्द्रनाथको भोटो देखाउने जात्रा (जात्रा देखाउने दिन, काठमाडौं उपत्यकाको लागि मात्र)
जेठ ४ (किराँत–राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व), (बुद्ध जयन्ती)
जेठ १५ (गणतन्त्र दिवस, कार्यालय खुल्ने)
जेठ २१ (जातिय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, कार्यालय खुल्ने)
साउन ३१ गाईजात्रा (काठमाडौं उपत्यकाको लागि मात्र)
भदौ ६ (कृष्ण अष्टमी, ईद पर्व)
भदौ १६ गते (हरितालिका तीज, महिला धर्मवलम्वीका लागि)
भदौ २२ निजामती दिवस, कार्यालय खुल्ने)
भदौ २७ इन्द्रजात्रा (काठमाडौं उपत्यकाका लागि मात्र)
असोज ३ (संविधान दिवस)
असोज ५ गते (जितिया पर्व मनाउने जिल्लामा)
असोज १८ – २२ (फूलपातीदेखि एकादशीसम्म दशैं बिदा)
काग तिहार (कात्तिक ८ गत, कार्यालय खुल्ने)
कुकुर तिहार (कात्तिक ९ गते, कार्यालय खुल्ने)
लक्ष्मी पूजा (कात्तिक १० गते, बिदा)
गोवर्धन पूजा (कात्तिक ११ गते, बिदा)
भाईटीका (कात्तिक १२ गते, बिदा)
कात्तिक २५ फाल्गुनन्द जयन्ती
कात्तिक २६ (सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती)
मंसिर १७ गते (अन्तर्राष्ट्रिय अपांगता दिवस, अपांगता भएका सम्पूर्ण कर्मचारीलाई)
मंसिर २६ (छठ पर्व, इस्लाम धर्मावलम्वीको पर्व बकर इद (इदुल जोहा), किरात जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस)
पुस ९ (इसाई धर्मावलम्बीहरुको क्रिसमस डे)
पुस १५ गते तमु ल्होसार
पुस २७ गते एकता दिवस, कार्यालय खुल्ने
माघ १ गते माघे सक्राङ्न्ति
माघ ११ (सोनाम ल्होसार)
माघ १६ गते (वसन्त पञ्चमी, शिक्षण संस्थाको लागि), राष्ट्रिय शहीद दिवस, कार्यालय खुल्ने)
फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, कार्यालय खुल्ने
फागुन ९ गते शिवरात्रि, पर्व बिदा
फागुन १२ गते ग्याल्पो ल्होसार
फागुन २५ गते अन्तराष्ट्रिय महिला दिवस
फागुन २६ गते फागु पूर्णिमा (पहाडी जिल्लामा पर्व बिदा)
फागुन २७ गते फागु पूर्णिमा (भित्री मदेशका ५८ जिल्लामा, पर्व बिदा)
चैत्र ११ गते घोडे जात्रा (काठमाडौं उपत्यकाको लागि मात्र)
सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक विदा दिइने छ ।
विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित देशको सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिकबिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्नेछन् ।
अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर बिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदिजस्ता निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय विभाग तथा कार्यलयहरुले सार्वजनिक बिदाका दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रित पुर्याइ सट्टा बिदा बस्न सक्नेछन् ।
वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तथा शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन् ।